बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लकडाउन तीन चरणमा खुकुलो पारिँदै, आज देखि के खुल्ने, के नखुल्ने ? (सुचीसहित)

लकडाउन तीन चरणमा खुकुलो पारिँदै, आज देखि के खुल्ने, के नखुल्ने ? (सुचीसहित)

  • 2.9K
    SHARES

  • लकडाउन तीन चरणमा खुकुलो पारिँदै, आज देखि के खुल्ने, के नखुल्ने ? (सुचीसहित)

    काठमाडाैँ – उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले बिहिबारबाट लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।

    सरकारले १५ देखि २१ दिनसम्मका ३ चरण बनाइ लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको हो । सरकारले पहिलो चरणको लकडाउमा २१ दिनको ग्याप राखेको छ भने दोश्रो र तेश्रो चरणका लागि १५-१५ दिनको ग्याप राखेको छ ।

    तीनै चरणको परीवर्तित लकडाउनको समीक्षापछि सरकारले सबै व्यवसाय सहज रूपमा सञ्चालनको खाका बनाउने तयारी गरेको छ ।

    कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएमा अहिले तयार गरेको मोडल परिवर्तन हुनसक्ने बताइएको छ ।

    यी हुन् पहिलो चरणमा सञ्चालन हुने सेवा तथा व्यवसायहरू :

    – स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा

    – अत्यावश्यक सेवाका कार्यालय

    – सबै प्रकारका ढुवानी सेवा

    – पुस्तक पसल तथा स्टेसनरी

    – विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

    – बिजुलीका सामानसँग सम्बन्धित व्यवसाय तथा पसलहरू

    – भाैतिक पूर्वाधार तथा निर्माण व्यवसाय

    – उत्पादनशील उद्योग

    – नीजि सहितका निर्माण कार्य

    – उत्पादन उद्योग

    – दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

    – पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

    – बैंक, वित्तीय संस्था, सहकारी तथा बिमा

    – जोर बिजोर प्रणालीमा नीजि सवारी साधनहरू

    अहिले नखुलने सेवा तथा व्यवसायहरू :

    – फिल्म हल तथा फुटसल लगायत धेरै भीड हुने स्थलहरू

    – स्कुल तथा कलेजहरू

    – जिमखाना तथा स्वीमिङ पुल

    – लामो दूरीका सवारी साधनहरू

    बिहिवार, जेठ २९ २०७७०८:०५:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार