मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यसैगरी निजी सवारीसाधन जोर(बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । यो निर्णय बिहिबार देखि नै लागू हुने एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ। गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।