बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

  • 2.7K
    SHARES

  • मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

    नुवाकोट  विदुर न.पा.५ माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । देवीघाटबाट बट्टारतर्फ आउँदै गरेको बा ६३ प ५६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ का १६ वर्षीय विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    गए राति १० बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका विनोदको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइलकमा सवार निमेश थामामगर भने दुर्घटनामा परी घाइते भएका छन् ।

    उहाँको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण मोटरसाइकल सडकदेखि १० मिटर तल पुगेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बुधवार, जेठ २८ २०७७१२:५१:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार