रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । कञ्चन गाउँपालिका वडा नम्बर १ कुुचेराका रिमबहादुुर कुमालले घरमा सुुतिरहेको १५ वर्षिय छोरोलाई घाँटी, मुख र टाउँकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरको छतमा सुुतिरहेका सुुदीपलाई बाबुले बन्चरोले हानेका थिए । घाइते भएका सुुदीपलाई बुधबार बिहान तीन बजे लुुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत घोषणा गरिएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्स्पेक्टर कमल परियारले घटनामा संंलग्न रिमबहादुरलाई पक्राउ गरेको जानकारी दिए ।
घटनाको कारण खुल्न सकेको छैन । रिमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।
मंगलबार मात्रै रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारको एक पशु फर्ममा काम गर्ने पाँच जनाको हत्या भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।