ललितपुरको बाँडेगाउँमा भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको हो ।
‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ,’ ललितपुर प्रहरी प्रमुख cसएसपी टेकप्रसाद राईले भने, ‘हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’
मृतकका भिनाजु लक्ष्मी बहादुरका अनुसार २ बजे राति घरबाट बोलाएर हत्या गरिएको हो । घटना भएको थाहा पाएलगत्तै उनी घटनास्थल जान लागेको जानकारी दिए ।
यसअघि मंगलबार रुपन्देहीको तिलोतमा नगरपालिकामा ५ जनाको सामूहिक हत्या भएको थियो । हत्यामा संलग्न सुर्खेतका झपेन्द्र सिंजालीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।