अस्ट्रेलिया । नेपाल वायुसेवा निगमको जहाज अस्ट्रेलियामा समस्यामा परेका केही नेपालीलाई लिएर मंगलबार स्वदेश उडेको छ ।
कोरोनाको कारण समस्यामा परेकामध्ये गायिका सुनितामी परियार, क्यान्सरका बिरामी र प्रशिक्षणका लागि आएका केही सरकारी कर्मचारीहरु लिएर विमान नेपाल उडेका हो ।
अस्ट्रेलियाको लागि नेपाली राजदूत महेशराज दाहालले आजको उडानमा अति समस्यामा परेका मध्ये थोरैमात्रै नेपाल गएको बताए ।
यसपटक केही प्राविधिक कारणले क्यानबेरा आएको नेपाल एअरलाइन्सबाट समस्यामा परेका अन्य नेपाली स्वदेश फर्काउन नसकिएको उनले बताए ।
राजदूत दाहालले दिएको जानकारी अनुसार अरु समस्यामा परेका नेपाली लिन छिट्टै अर्को जहाज आउने तयारी भैरहेको छ ।
नेपाल सरकारले विदेशमा समस्यामा परेका नागरिकलाई उद्धार गर्ने निर्णय गरेअनुसार अबको दुई तीन हप्ताभित्र उद्दार हुने उनको भनाइ छ ।
त्यसका लागि क्यानबेरा नेपाली दूतावासमा करिब १३ सय नेपालीले स्वदेश फर्कन भनी फाराम भरेको दूतावासका अधिकारी दुरपदा सापकोटाले जानकारीको भनाइ छ ।
नेपाल एयरलाइन्सको विमान सोमबार नेपालबाट करिब ३ सय यात्रु बोकेर अस्ट्रेलिया उडेको थियो भने साेही विमान थाेरैमात्र नेपाली बाेकेर स्वदेश फर्किएकाे हाे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।