मकवानपुर र गुल्मीमा खोलामा डुवेर एक-एक जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित राप्ति खोलामा डुबेर सोही ठाउँ बस्ने १६ वर्षीया सुनिता सुनुवारको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता गुल्मीको गुल्मी दरबार गाउँपालिका १ माझीगाँउ बस्ने ४५ वर्षीय शमशेर माझीको सोही ठाउँस्थित बडिगाड खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।
माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका उनको घटनास्थलदेखि १ किलोमिटर टाढा खोलाको किनारमा उनको शव फेला परेको प्रहरीले जनायो
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।