काठमाडौं : पहिलो चरणको अन्तिम दिन शनिबारसम्म देशभर १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका थिए।
कोरोना खोप अभियानको दोस्रो चरणको पहिलो दिन २ सय २६ पत्रकारले खोप लगाएका छन्। २ सय ५ पुरुष र २१ महिला पत्रकारले खोप लगाएका स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने गरी सरकारले योजनाअनुरुप लगाउन सुरु गरेको थियो।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइएको छ। भारतको सिरम इन्स्टिच्युटबाट निर्मित ‘कोभिसिल्ड’ खोप गत १४ गते देखि लगाउन सुरु गरिएको हो।