स्थानीय वायु तथा पश्चिमी वायुका कारण जारी बदली केहि दिन लम्बिन सक्ने देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको जारी गरेको मौसम पूर्वानुमान अनुसार अहिले गण्डकी प्रदेश र बागमती प्रदेशको केहि ठाउँमा बर्षा भइरहेको जनाउदै प्रदेश १ का पहाडी भूभागहरूमा समेत प्रभाव पर्दा मौसम बदली भएको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित प्रदेश २ का केहि भूभागमा पनि मौसममा आंशिक बदली आएको महाशाखाले जनाएको छ ।
मंगलाबार बेलुकासम्म देशभरका मौसममा पूर्ण बदलि भई उच्च पाहाडि क्षेत्रमा हावाहुरीसहित बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।