बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाग्लुङ्गमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

बाग्लुङ्गमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

  • 2.1K
    SHARES

  • बाग्लुङ्गमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मंगलबार बिहान बागलुङ जिल्लाको पश्चिम निसीखोलाका तीन जना र बरेङ गाउँपालिकाका ८ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    निसीखोला गाउँपालिकाका २१, २६ र २७ वर्षीय पुरुष, बरेङ गाउँपालिकाका २४, २२, १८, २४, १८, २३ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै बागलुङमा कुल कोरोना संक्रमितको संख्या ४० पुगेको छ । संक्रमित हुनेहरु सबै भारतबाट आएका हुन् ।

    नयाँ संक्रमण पुष्टि भएका बरेङ गाउँपालिकाका ८ जनालाई सदरमुकामस्थित धौलागिरी बहुमुखी क्याम्पसको प्रि आइसोलेसनमा ल्याउने र निसीखोलाका ३ जनालाई ढोरपाटनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राख्ने गरी समन्वय भइरहेको स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ ।

    मंगलवार, जेठ २७ २०७७१२:२७:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार