बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रुपन्देहीको तिलोत्तमामा ५ जना मजदुरको सामुहिक हत्या

रुपन्देहीको तिलोत्तमामा ५ जना मजदुरको सामुहिक हत्या

  • 2.1K
    SHARES

  • रुपन्देहीको तिलोत्तमामा ५ जना मजदुरको सामुहिक हत्या

    रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारमा पाँच जनाको हत्या भएको हो । कान्छीबजारमा रहेको कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    उनीहरु गंगादेवी पशु फार्ममा काम गर्ने मजदुर रहेको बुझिएको छ । मैनहवा गाउँमा ५ जनाको गत राति हत्या भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्क बहादुर खत्रीले हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उनले हत्या किन/कसरी भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

    पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिंजाली रहेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए । धानुकले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको बताए ।

    घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतकहरुमा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरी रहेका छन् ।

    मंगलवार, जेठ २७ २०७७०९:०८:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार