नेपालमा आज (सोमवार) एकैपटक थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १४ जनाको मृत्यु भईसकेको छ । आज मात्रै नेपालमा थप १ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोरोनालाई जितेर नेपालमा अहिलेसम्म ४८८ जना घर फर्किएका छन् । आज मात्रै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २१ रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।