चितवनमा दुई जना चिकित्सकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
भरतपुर अस्पताल स्रोतका अनुसार एक निजी अस्पतालमा काम गर्ने दुई जना चिकित्सकमा संक्रमण पुष्टि भएको हो।
उनीहरू कुन अस्पतालको भन्ने कुरा खुलाइएको छैन।
उनीहरूको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।
यसबारे भरतपुर अस्पतालले औपचारिक जानकारी गराउन बाँकी छ।
अस्पतालका चिकित्सक डा. प्रमोद पौडेलका अनुसार यसबारे अस्पतालले दिउँसो तीन बजे पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।