बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रदेश नम्बर २ का थप १९ जनामा कोरोना पुष्टि

प्रदेश नम्बर २ का थप १९ जनामा कोरोना पुष्टि

  • 2.3K
    SHARES

  • प्रदेश नम्बर २ का थप १९ जनामा कोरोना पुष्टि

    प्रदेश नम्बर २ को तीन जिल्लाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको  नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार पर्सा जिल्लाका १ महिला र ७ पुरूष  गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बारा जिल्लाका २ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने  रौतहट जिल्लाका ४ जना परूषमा पनि संक्रमण पुष्टि भएको छ । 
    पर्साका संक्रमितमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का २० देखि ५५ वर्ष उमेरसम्मका रहेका छन् । यसैगरी बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकाका गाउँपालिका ३ वर्षीय बालिकादेखि ३० वर्षसम्मका ७ जना संक्रमित रहेको उपाध्यायले बताए ।

     

    यस्तै रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का १७ , १८ र ४३ वर्षका पुरूषहरू रहेका छन् भन रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ३ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि रहेको उनले बताए । 

    सोमवार, जेठ २६ २०७७०९:५०:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार