काठमाडौं । काठमाडौं, कञ्चनपुर र सोलुखुम्बुमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौको चन्द्रागिरी नगरपालिका-७ महादेवस्थान चेकपोष्टस्थित हेण्डमेक जुत्ता कारखानामा जुत्ताबनाउने काम गर्ने हाल वतन नखुलेका गणेश थापा मगर नाम बताउने ५३ वर्षीय पुरुष सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कञ्चनपुको, भिमदत्त नगरपालिका-१५ गोबरियास्थित पानीकोनालामा सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय लाल बहादुर चौधरी पनि शनिबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
उता सोलुखुम्बको, खुम्बुपासाङल्हामु गाउँपालिका-१ छेउबासस्थित बाटोमा एक जना मृत अवस्थामा फेला परेका छन् । माहाकुलुङ गाउँपालिका-३ छेस्काम घर भई ज्याला मजदुरीकाम गरी हिड्ने अन्दाजी ३८ वर्षीय जित बहादुर राई मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्रीर य समाचार कक्षले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।