बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोनामुक्त जिल्ला अहिलेसम्म ७ वटा मात्रै , कुन कुन परे ?

कोरोनामुक्त जिल्ला अहिलेसम्म ७ वटा मात्रै , कुन कुन परे ?

  • 2.0K
    SHARES

  • कोरोनामुक्त जिल्ला अहिलेसम्म ७ वटा मात्रै , कुन कुन परे ?

    भौगोलिक हिसाबले हेर्दा कोरोना संक्रमण देशका ७० जिल्लामा फैलिसकेको छ । ७ वटा जिल्लामात्र अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला छन् ।

    प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगा मात्र अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् । प्रदेश २ का सबै आठवटै जिल्लामा कोरोना संक्रमण देखिइसकेको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवामा मात्र संक्रमण देखिएको छैन ।

    गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा कोरोना संक्रमण देखिएको छैन । प्रदेश ५ का १२ जिल्लामध्ये रोल्पा बाँकी छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा संक्रमित भेटिएका छैनन् । सुदूरपश्चिम प्रदेशका सबै ९ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

    आइतवार, जेठ २५ २०७७०९:५५:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार