बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना संक्रमित संख्या ७ पुगेको छ ।
संक्रमित हुनेहरुमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षीया महिला रहेका छन् ।
२ दिन अघि उनीहरुसँगै रहेका २० जनाको नमुना स्वाब संकलन गरिएको थियो । नमुना स्वाब संकलन गरिएका २० मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
संक्रमितहरुलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिने भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।