बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चन्द्रागिरिमा जेसिबी दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु

चन्द्रागिरिमा जेसिबी दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु

  • 2.9K
    SHARES

  • चन्द्रागिरिमा जेसिबी दुर्घटना, उपचारको क्रममा चालकको  मृत्यु

    चन्द्रागिरि नगरपालिकामा जेसिबी डोजर दुर्घटना हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ।

    बिहीबार बिहान पौने १० बजे मकवानपुरबाट गणेशमान सिंह लोकमार्ग हुँदै थानकोटतर्फ आउँदै गरेको ना १ क ७२९३ नम्बरको जेसिबी चन्द्रगिरी नगरपालिका–४ सेते पहरामा दुर्घटना भएको थियो।

    प्रोगेसिभ कन्सट्रक्सन प्रालिको जेसिबी सडकबाट २५० मिटर तल खसेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ। दुर्घटनामा मकवानपुर थाहा नगरपालिका ०४का ३३ वर्षीय चालक पुर्ण ध्वज केसी र सहयोगी २७ वर्षीय अनिल दिसुवा घाइते भएका थिए।

    उनीहरूको तत्काल उद्दार गरी उपचारको लागि नेशनल ट्रमा सेन्टर अस्पताल लगिएको थियो। चालक केसीको उपचारको क्रममा बिहीबार राति पौने १२ बजे मृत्यु भएको वृत्तले जनाएको छ।

    शुक्रवार, जेठ २३ २०७७१०:५२:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार