गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि भएको छ । तनहुँ ऋषिङ गाउँपालिका ३९ र ४० वर्षीय दुईजना पुरुषमा कोरोना संक्रण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तनहुँमा संक्रमित हुनेको संख्या ३ पुगेको छ । यसअघि जेठ १८ गते सोही ठाउँमा क्वारेन्टिनमा बसेका २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५६ पुगेको छ । जसमध्ये बागलुङका २ र लमजुङका एकजना निको भइ घर फर्किसकेका छन् । गण्डकीका ७ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।