बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विदेशमा अलपत्र नेपालीहरूको आजबाट उद्धार

विदेशमा अलपत्र नेपालीहरूको आजबाट उद्धार

  • 1.9K
    SHARES

  • विदेशमा अलपत्र नेपालीहरूको आजबाट उद्धार

    काठमाडौं । लामो समयको प्रतीक्षापछि शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य थालिने भएको छ । विश्वभर महामारिका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण रोजागरी गुमाएका एवं अन्य विभिन्न काम विशेषले विदेश पुगेर अलपत्र परेका नेपाली नागरिकलाई लिएर शुक्रबार २ वटा विमान चाटर्ड उडान भरि नेपाल आउने भएका हुन् ।

    विदेशमा अलपत्र परी गम्भीर समस्यामा परेका नेपालीलाई तत्काल ल्याउने तयारी सरकारले गरेसँगै पहिलो चरणमा संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट एक(एकवटा विमान नेपाल आउन लागेका हुन् । अहिले युएई तथा म्यानमारबाट आफूहरूलाई औपचारिक रूपमा पत्र नआए पनि मौखिक जानकारी भने आइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागले जानकारी दिएको छ ।

    अध्यागमन विभागका अनुसार पहिलो चरणमा शुक्रबार दुईवटा विमान नेपाली नागरिकलाई लिएर चार्टड उडान भरी नेपाल आउन लागेका हुन् । विदेशमा अलपत्र नेपालीहरूबाट पहिलो चरणमा लकडाउनका कारण रोजगारीका लागि विदेश गएर भिसा सकिएका, घर फिर्ती केन्द्रमा रहेका, आममाफी पाएका, ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका, भिसा अवधि सकिएर स्वदेश आउनकै लागि यसअघि नै चेकआउट भएका र आफन्त बितेर अन्तिम संस्कारमा आउनुपर्नेहरूलाई स्वदेश ल्याउने निर्णय सरकारले गरेको थियो ।

    शुक्रवार, जेठ २३ २०७७०४:५०:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार