बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको निधन

बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको निधन

  • 1.9K
    SHARES

  • बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको निधन

    बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको ९३ वर्षको उमेर बिहीवार निधन भएको छ। लामो समयदेखि अस्वस्थ चटर्जीको मुम्बईस्थित घरमै निधन भएको हो । भारतीय फिल्म तथा टेलिभिजन निर्देशक संघका अध्यक्ष अशोक पण्डितले चटर्जीको निधनको पुष्टि गरेका छन् ।

    उनका अनुसार आजै सांताक्रूजमा चटर्जीको अन्तिम संस्कार गरिनेछ। अध्यक्ष पण्डितले चटर्जीको निधन बलिउड उद्योगका लागि ठूलो धक्का भएको बताएका छन् । चटर्जीले ‘छोटी सी बात’, ‘रजनीगंधा’, ‘बातों बातों में’, ‘एक रुका हुआ फैसला’, ‘चमेली की शादी’ जस्ता सफल फिल्मको निर्देशन गरेका छन् ।

    १९६९ मा प्रदर्शनमा आएको फिल्म सारा आकाशबाट निर्देशकका रुपमा डेब्यु गरेका चटर्जीले यसै फिल्मबाट बेस्ट स्क्रीनप्ले विधामा फिल्मफेयर अवार्ड जितेका थिए।

    उनले ‘पिया का घर’, ‘उस पार’, ‘चितचोर’, ‘स्वामी’, ‘खट्टा मीठा’, ‘प्रियतमा’, ‘चक्रव्यूह’, ‘जीना यहां’, ‘अपने प्यारे’, ‘शौकीन’, ‘सफेद झूठ’ फिल्मको पनि निर्देशन गरेका छन् ।  सन् १९७० देखि ८० दशकमा उनले बलिउडलाई निर्देशनमार्फत डोर्‍याएका थिए।

    बिहिवार, जेठ २२ २०७७०९:४७:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार