बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दुई क्विन्टल लागुऔषध गाँजा बरामद

दुई क्विन्टल लागुऔषध गाँजा बरामद

  • 2.3K
    SHARES

  • दुई क्विन्टल लागुऔषध गाँजा बरामद

    जलेश्वर । जारी लकडाउनको मौका छोपी नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले लुकाइछिपाई राखिएको करीव दुई क्विन्टल लागुऔषध गाँजा महोत्तरी प्रहरीले बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार एकडारा गाउँपालिका–५ स्थित एक कुखुरा फार्ममा राखिएको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको सुरक्षा टोलीले आज बिहान एक क्वीन्टल ८० किलोग्राम गाँजा बरामद गरेको हो ।

    बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

    कुखुरा सञ्चालक स्थानीयवासी लक्ष्मी चौधरीको पनि खोजतलास गरिएको जनाइएको छ ।

    बिहिवार, जेठ २२ २०७७०५:४७:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार