डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टाइन बसेकालाई खाना र खाजाबापत दैनिक २ सय भत्ता दिँदै आएको छ ।
गत जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक २०० भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यायले बताए ।
डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाइएका क्वारेन्टाइनमा सबै नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टाइनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आआफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक २०० का दरले भत्ता दिने गरिएको उनले बताए ।
अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ क्वारेन्टाइनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।