काठमाडौं मेडिकल कलेजका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
उनीहरु २४ देखि ३२ वर्ष उमेरका ३ जना महिला र एक जना २८ वर्षीय पुरुष रहेका छन् ।
यसैबीच नेपालमा आज (मंगलवार) एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ८ जनाको मृत्यु भईसकेको छ भने २६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
आज मात्रै नेपालमा ४५ जना कोरोना संक्रमण पछि निको भएर घर फर्किएका छन् ।
यसैबीच हिजो (सोमवार) मात्रै नेपालमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।