बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सिग्नलको भाग्य चम्किँदै, एक हप्तामै पुग्यो पाँच करोड डाउनलोड

सिग्नलको भाग्य चम्किँदै, एक हप्तामै पुग्यो पाँच करोड डाउनलोड

  • 2.1K
    SHARES

  • सिग्नलको भाग्य चम्किँदै, एक हप्तामै पुग्यो पाँच करोड डाउनलोड

    काठमाडौं । विश्वका धनाढ्य एलन मस्कको एक ट्वीट सिग्नल एपका लागि भाग्यशाली सावित भएको । एनालिटिक्स कम्पनी सेन्सर टावरको डेटा अनुसार पछिल्लो एक हप्तामै सिग्नलको डाउनलोड संख्या ४२ सय प्रतिशतले बढेको छ ।

    गत जनवरी ६ मा ह्वाट्सएपले आफ्नो गोपनीयता सम्बन्धी नीति अद्यावधिक गर्दै फेसबुकका अन्य ब्राण्डसँग शेयर गर्ने गरेको खुलासा गरेको थियो ।

    139045628_1314829245561608_5797152205704768316_o.jpg

    त्यस लगत्तै ७ जनवरीमा गोपनीयता र डेटा सुरक्षाको पक्षमा वकालत गर्दै आएका धनाढ्य एलन मस्कले इन्क्रिप्टेड म्यासेजिङ एप सिग्नलको समर्थनमा ट्वीट लेखेका थिए ।

    त्यसको एक हप्तामा आज सिग्नल एपको इन्स्टलेसन गुगल प्लेस्टोरमा पाँच करोड भन्दा धेरै पुगेको हो । एनालिटिक्स कम्पनी एप एन्नीको डेटाअनुसार बुधबार अमेरिका र बेलायतमा उक्त एप एप्पल र गुगल प्लेस्टोरमा अग्रस्थानमा रहेको थियो ।

    विश्वका सबैभन्दा धनी व्यक्तिहरुको दोस्रो स्थानमा रहेका एलन मस्कले ‘युज सिग्नल’ भन्दै ट्वीट गरेका थिए । उनको यो ट्वीटसँगै सिग्नल एपको प्रयोगमा ठूलो वृद्धि आएको जनाइएको छ ।

    सन् २०१४ मा सार्वजनिक भएर पनि ६ वर्षसम्म गुमनाम रहेको सिग्नल एपको डाउनलोड हालैमात्र १ करोड कटेको थियो । हाल हरेक दिन एपको डाउनलोड करिब १० लाखभन्दा बढी पुगेको छ ।

    बिहिवार, माघ १ २०७७०६:३५:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार