विश्व हिन्दू महासंघ नेपालले डा. चिन्तामणि योगीको संयोजकत्वमा अन्तर्राष्ट्रिय विभाग गठन गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलको अध्यक्षतामा जुम प्रविधिमार्फत बसेको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्बन्ध बढाउन पूर्वीय एवं पाश्चात्य दुवै दर्शनका ज्ञाता डा. योगीलाई विभागको जिम्मेवारी दिइएको हो ।
उनी ‘मूल्यमा आधारित शिक्षा’का अभियन्ता पनि हुन् ।
कोरोनाबाट बच्न जारी लकडाउनका क्रममा दैनिक ज्याला गरी खाने एवं विपन्न वर्गका नागरिकलाई अप्ठ्यारो परेकाले जीवन निर्वाह गर्न सक्ने व्यवस्था गर्न पनि महासंघले सरकारसँग माग गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।