बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

दुई पालिकामा शिक्षक दरबन्दी काटियो

दुई पालिकामा शिक्षक दरबन्दी काटियो

  • 2.4K
    SHARES

  • दुई पालिकामा शिक्षक दरबन्दी काटियो

    चितवन । जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो ।
     
    कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका २९ दरबन्दी कटौती गरिएको हो । कटौती गरिएका दरबन्दीहरु कालिका र राप्ती नगरपालिकामा पठाइएको छ । यस्तै इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी थप गरिएको छ ।
     
    सुवेदीका अनुसार विद्यार्थी सङ्ख्याका आधारमा दुई नगरपालिकाका थोरै विद्यार्थी भएका विद्यालयबाट दरबन्दी कटौती गरी जिल्लाका अन्य स्थानीय तहमा पठाइएको हो । इच्छाकामना गाउँपालिकामा ३५, राप्ती नगरपालिकामा १५ र कालिका नगरपालिकामा १२ जना शिक्षक थप गरिएको छ । पहिलो चरणमा खैरहनीका १४ र रत्ननगरका छ शिक्षकलाई इच्छाकामना पठाइएको छ ।
     
    यसरी मिलानमा पर्नेमा आधारभूत तह ६ देखि ८ कक्षाका शिक्षकहरु रहेका छन् । दरबन्दी मिलान गरी पठाइएका शिक्षकहरुलाई पालिकाले व्यवस्थापन गर्ने छ । माडी नगरपालिका र भरतपुर महानगरपालिकामा भने पालिका आफैँले आन्तरिक मिलान गरेका छन् ।  

    सोमवार, पौष २७ २०७७१०:३२:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार