काठमाडौं, आइतबार सेयर बजार परिसूचक (नेप्से) ४१.२४ अंकले बढेको छ । २२०१.३८ बाट सुरु भएको बजार बढेर २२३५।७२ अंकमा पुगेर रोकिएको हो ।
आइतबार सेन्सेटिभ इन्डेक्स ७.२१ अंकले उकालो लागेर ४२८.४३ मा पुगेको छ। आज २०७ कम्पनीको १ करोड ५० लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज जीवन बिमा कम्पनी बाहेक सबै समूहमा हरियाली छाएको छ । जीवन बिमा समूह भने १७.१६ अंकले घटेको छ ।
आइतबार प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । त्यस्तै निर्धन उत्थान लघुवित्तका लगानीकर्ताले बढी गुमाएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।