बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा कडाई, सेना परिचालन

धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा कडाई, सेना परिचालन

  • 4.2K
    SHARES

  • धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा कडाई, सेना परिचालन

    कैलाली । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी जाने  भएपछि शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् भने प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ ।

     धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ।  चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ। 

    135017048_200345781800186_390489273121825210_n_0.jpg

    नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न कैलाली तर्फ जादै छन्।

    ओली बिहान ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सको विमानमार्फत धनगढी आउने कार्यक्रम तय भएपनि प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको छ।  मौसम खुल्दै गए १० बजेसम्म काठमाडौँबाट विमान उड्ने श्री एयरलाइन्सले जनाएको छ। 

    135773069_224216465856953_7611333286209913913_n (1).jpg

    शुक्रवार, पौष २४ २०७७०९:२२:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार