कोरोनाबाट बेलायतमा थप १ भूपू गोरखा सैनिकको निधन भएको छ ।
बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मंगलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए ।
सुरुमा कोरोनाको लक्षण देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि ५ हप्ता अघि उनलाई अस्पताल लगिएको थियो ।
बासिल्डन अस्पतालको सघन उपचार कक्षमा उपचार गर्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार भएको थिएन । उनका ३ छोरा बेलायतमा र श्रीमती नेपालमै रहेका छन् ।
हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको संख्या ६५ जना पुगेको छ । यसमध्ये त्यहाँ मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या मात्रै ५४ जना पुगेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।