बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना संक्रमणबाट ललितपुरमा १ जनाको मृत्यु, मृतक संख्या ५ पुग्यो

कोरोना संक्रमणबाट ललितपुरमा १ जनाको मृत्यु, मृतक संख्या ५ पुग्यो

  • 2.3K
    SHARES

  • कोरोना संक्रमणबाट ललितपुरमा १ जनाको मृत्यु, मृतक संख्या ५ पुग्यो

    ललितपुर, १४ जेठ । ललितपुरमा कोरोना संक्रणबाट एक जनाको मृत्यु भएको छ ।

    ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको बुधबार कोरोनाको कारण मृत्यु भएको जिल्ला जनस्वाथ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरेका हुन् ।

    पाटन अस्पतालमा उपचार नभएपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल भर्ना गरिएका ती व्यक्तिको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

    आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ।

    उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न भने बाँकी छ ।

    योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

    बिहिवार, जेठ १५ २०७७०४:१८:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार