बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काभ्रेमा ८० वर्षयताकै ठूलो बाढी

काभ्रेमा ८० वर्षयताकै ठूलो बाढी

  • 3.4K
    SHARES

  • काभ्रेमा ८० वर्षयताकै ठूलो बाढी

    काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ । खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए । बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ८० वर्षयताकै भयानक भएको स्थानीयले बताएका छन् । बाढीले पनौती नगरपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

    काभ्रे बनेपाका स्थानीय भुवन कुवरका अनुसार पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको छ भने केही घर डुबानमा परेका छन् । सयौं रोपनीको बालीसमेत बाढीले नष्ट गरेको छ । पनौती क्षेत्रमा बाढीले एउटा टोयोटा गाडी बगाएको थियो । त्यसलाई प्रहरी र स्थानीयले बाढीबाट निकालेका थिए । बाढीले पनौतीको त्रिवेणीधाम क्षेत्रका केही मन्दिर समेत डुवानमा परेको छ ।

     बाढीले पुर्याएको क्षतिको पूरा विवरण आउन बाँकी रहेको एसपी रवी पौडेलले मेगाखबरलाई जानकारी दिएका छन् । 

    बिहिवार, जेठ १५ २०७७०३:३५:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार