बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बादलसँग तस्वीर खिच्न हाँडीकोट

बादलसँग तस्वीर खिच्न हाँडीकोट

  • 2.6K
    SHARES

  • बादलसँग तस्वीर खिच्न हाँडीकोट

    बलेवा । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो १ लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ ।

    वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि हिउँदमा हिउँले घुम्टो नहालुञ्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ । प्रचारप्रसारको अभावकै कारण प्रकृतिको अनुपम उपहार भएर पनि हाँडीकोटले गाईबाख्रा हेर्ने गोठाला मात्रै भेटेर वर्षौं बितायो ।

    बाइसे चौबिसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडीकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । जैमिनी नगरपालिकाका तीन वडाको सङ्गममा रहेको टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् । आजकल हाँडीकोट पुग्नेको भीडनै लाग्न थालेको जैमिनी–१० राङ्खानीका स्थानीयवासी मित्र थापाले बताए ।

    जैमिनीको राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हाँडीकोट टापु साँच्चिकै सुन्दर छ । त्यहाँ पुगेर ‘आहा १ हाँडीकोट टापु’ नभनी सुखै छैन । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिला सुसज्जित हाँडीकोटमा पुगेर पहाड खोँचमा मडारिएको बालदसँग तस्वीर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्छन् । “एक पटक हाँडीकोटको सुन्दरतासँग तस्वीर खिचाउन त्यहाँ पुगेँ”, पर्वतको फलेवासबाट हाँडीकोट पुग्नुभएका हिटलर थापा भन्छन्, “छेउछाउमा धेरै घुमियो, मुख्य ठाउँमा बल्ल पुगियो ।” 

    हिउँदे वर्षा भएको भए यतिबेला हाँडीकोट टापु हिउँले पुरिएको हुन्थ्यो । यो वर्ष हिउँदे वर्षा नभएकाले आन्तरिक पर्यटकको रोजाइमा हाँडीकोट परेको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल बताउछन् । वनभोज खान, भेला, गोष्ठी र सेमिनारका लागि हाँडीकोट पुग्नेसमेत बढेका छन् ।  हाँडीकोट टापुको चर्चा सुनेका बिदा मनाउनसमेत त्यहाँ पुग्ने गरेका छन् । कोरोना महामारीले विस्तारै तङ्ग्रिँदै गरेका विद्यालय अवलोकन भ्रमण र वनभोजका लागि विद्यार्थी लिएर हाँडीकोट पुग्ने गरेको स्थानीयवासी बताउँछन् ।

    पर्यटकको आवागमन बढ्दै जान थालेपछि राङ्खानीका तिलक क्षेत्री यतिबेला कतारको काम छोडेर हाँडीकोट पुग्नेलाई खाजाको प्रबन्ध गर्न थालेका छन् । कमाइ र सेवा दुवै हुने भएपछि टापु नजिकै होटल सञ्चालनमा ल्याउनुभएका उनले सेवा दिन थालेका छन्। क्षेत्रीले आफ्नै ठाउँ विहारथलामा परम्परागतरूपमा सञ्चालन हुँदै आएको होटललाई स्तरवृद्धि गरी ‘हाँडीकोट टापु रेष्टुराँ एण्ड लज’को रूपमा विकास गर्नुभएको छ । 

    हाँडीकोट पुग्ने पर्यटकले स्थानीय कोदोको ढिँडो, स्थानीय कुखुरा र खसीको मासु खोज्ने गरेका छन् । जैमिनी नगरपालिकाले बनाएको पदमार्ग र कच्ची सडकले पनि हाँडीकोटमा पर्यटक पुर्याउन सघाएको छ ।

    सोमवार, पौष २० २०७७०९:०७:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार