मकवानपुर । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज (आइृतबार)आह्वान गरेका छन् ।
प्रदेशसभाको सातौँ बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएअनुसार प्रदेश प्रमुख प्रसाईले आज उक्त बैठक बोलाउन आह्वान गर्नुभएको प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको छैटौँ बैठक गत साउन ८ गते राति १२ः०० बजे अन्त्य भएको थियो । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८०, नेपाली कांग्रेसका २२, नेपाल मजदुर पार्टीका दुई, विवेकशील साझा दलका तीन, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी कूल ११० प्रदेशसभाका सदस्य रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।