बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नक्कली भ्याट बिल जारी गरेको अभियोगमा मुद्दा

नक्कली भ्याट बिल जारी गरेको अभियोगमा मुद्दा

  • 3.5K
    SHARES

  • नक्कली भ्याट बिल जारी गरेको अभियोगमा मुद्दा

    काठमाडौं । राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

    विभागले रु एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ सीतापाइलास्थित पद्म कोलनीमा बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध आज मुद्दा दायर गरेको हो । 

    प्रसादको कम्पनी मोहन ट्रेड इन्टरनेशनलसहित अन्य २६ व्यावसायिक फर्मले एक आपसमा मिलेर आर्थिक अवस्था कमजोर भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी सञ्चालन गरेको र गलत प्रयोजनाका लागि बैंक खातासमेत खोलेको पाइएको छ । 

    आर्थिक वर्ष २०७१÷७२ देखि २०७४÷७५ सम्म उनीहरुले झुट्टा तथा नक्कली विक्री विजक जारी गरी भ्याट छली गरेको पाइएको विभागले जनाएको छ । विभागका अनुसार भ्याटतर्फ रु ४३ करोड ८१ लाख ८० हजार ३७८, आयकरतर्फ रु ८६ करोड ५६ लाख एक हजार र लाभांश करतर्फ रु दुई करोड आठ लाख ३० हजार ४०२ बराबरको राजश्व चुहावट गरेको पाइएको छ । 

    शुक्रवार, पौष १७ २०७७०९:२२:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार