बाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई मर्यादित बनाउन नेपाल स्काउटको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
हेटौँडामा आज भएको प्रदेशको नवनियुक्त स्काउट तदर्थ समितिको संयोजक तथा सदस्यको दीक्षान्त एवं सपथ ग्रहण कार्यक्रममा उनले समाजमा रहेको विकृति हटाउन स्काउट अग्रसर हुनेपर्ने कुरामा जोड दिए । उनले स्काउटले बालबालिकालाई राष्ट्रप्रेमी, शुसंस्कृत र अनुशासित बनाउने उल्लेख गरे ।
प्रदेशसभा सदस्य दीपक निरौलाले स्काउटले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा आफ्नो साथ रहेको जानकारी दिए । प्रदेशका प्रमुख सचिव मानबहादुर विश्वकर्माले नवनियुक्त स्काउट तदर्थ समितिलाई शुभकामना दिँदै समाज र राष्ट्र निमार्णमा स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटका संरचना विद्यालय तहसम्म लैजान नवगठित तदर्थ समितिलाई आग्रह गरे । नेपाल स्काउटले सामाजिक विकृति हटाउन भूमिका खेल्दै तथा राज्यलाई सङ्कट परेको समयमा सघाउँदै आएको र आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै सङ्गठनको भूमिकालाई सशक्त पार्ने उनको भनाइ थियो ।
प्रदेशका नवनियुक्त स्काउट संयोजक केशरत्न बज्रचार्यले स्काउटलाई विद्यालय तहसम्म पु¥याउने र विभिन्न सामाजिक कार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।