बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयर बजार सूचक उच्च विन्दुमा

सेयर बजार सूचक उच्च विन्दुमा

  • 2.5K
    SHARES

  • सेयर बजार सूचक उच्च विन्दुमा

    काठमाडौं । साताको अन्तिम नियमित कारोबार दिन बिहीबार सेयर बजार २५ अंकले बढेर २१ सय नजिक पुगेको छ । कारोबारकै क्रममा एकपल्ट २११२ अंकसम्म पुगेको सेयर बजार परिसूचक नेप्से धेरैबेर उक्त विन्दुमा टिक्न सकेन तर पनि बजार अन्त्यमा २५.२१ अंकको वृद्धिसहित २०८७.२७ बिन्दुमा बन्द भइ एक महिनाको अवधिमा नै अर्को नयाँ रेकर्ड बनाएको छ ।

    एक महिनाअघि मंसिर १७ गते नेप्सेले २०७१.०३ अंकको रेकर्ड बनाएको थियो । बिहीबार कारोबार सुरु हुँदा २०६२.०६ अंकमा रहेको नेप्से सूचक २५.२१ अंकले वढेर २०८७.२७ अंकमा पुगेको हो । बिहीबार नेप्सेसँगै ठूला कम्पनीहरूको सेन्सेटिभ इण्डेक्स पनि ७.४० अंकले बढेको छ ।

    बिहीबार सेयर बजारमा २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँमा किनबेच भएको छ । ब्रोकर कमिसन घटेपछि कारोबार बढ्छ भन्ने लगानीकर्ताको अनुमानविपरीत साताको सुरुदेखि नै चार अर्ब रुपैयाँकै वरिपरि घुमेको कारोबार रकम बिहीबार भने ५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । कारोबार रकम नबढे पनि पछिल्लो दुई दिनमा सेयर बजार सूचक नेप्से करिब ८० अंकले बढेको छ ।

    ट्रेडिङ र जीवन बिमा समूहमा १०० अंकभन्दा बढीको वृद्धि आउँदा होटल, बैंकिङ र अन्य समूहको सूचक पनि बढेको छ भने बजारमा निर्जीवन बिमा समूहको उपसूचकबाहेक अन्य समूहमा हरियाली छाएको छ । यस्तै, बिहीबार हिमालयन डिष्टिलरीको सर्वाधिक ४८ करोड रुपैयाँको कारोबार हुँदा नेपाल लाइफको ३७ करोड, नागरिक लगानी कोष र नेपाल टेलिकमको २८÷२८ करोड रुपैयाँको सेयर किनबेच भएबको नेपाल स्टक एक्सचेन्जले (नेप्से) जनाएको छ ।

    नेप्सेका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य १० प्रतिशतले बढ्दा एभरेष्ट बैंक, लक्ष्मी बैंक र सिद्धार्थ बैंकको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरै वृद्धि भएको छ भने धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैंक, कालिका माइक्रो क्रेडिट विकास बैंक र आइएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

    बिहीबार २०७ कम्पनीको सेयर किनबेच हुँदा ९३ कम्पनीको सेयरका लगानीकर्ताले कमाएका छन् भने ७० कम्पनीका सेयरधनीले गुमाए । तर, १२ कम्पनी सेयर धनीले न गुमाए न कमाए किनकी १२ कम्पनीको सेयर मूल्य बिहीबार स्थिर रह्यो । बिहीबार नेप्सेको बजार पुँजीकरण पनि हालसम्मकै उच्च भइ २८ खर्ब ८ अर्ब पुगेको छ । बजार पुँजीकरणमा आएको सुधारसँगै सेयर लगानीकर्ताको सम्पत्तिमा पनि वृृद्धि भएको छ ।

    शुक्रवार, पौष १७ २०७७०८:४४:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार