प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
सोमबार अपरान्ह ५:३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आजै अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।
नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीको सम्बोधन प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको थापाले बताए।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।