बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

संघीय संसदको लोगो परिवर्तन गर्ने तयारी

संघीय संसदको लोगो परिवर्तन गर्ने तयारी

  • 2.4K
    SHARES

  • संघीय संसदको लोगो परिवर्तन गर्ने तयारी

    काठमाडौं । संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

    सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समितिले निर्णय गरेको हो । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताउनुभयो ।

    संघीय संसदका दुबै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ ।

    बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक एक दिन पर सारेको छ । १२ गते मुस्लिम समुदायको पर्व इद उल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो । बैठक १३ गते ११ बजे बस्ने छ ।

    आइतवार, जेठ ११ २०७७१०:२४:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार