बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अस्पतालको झ्याल फोरेर भागे जनकपुरका कोरोना संक्रमित

अस्पतालको झ्याल फोरेर भागे जनकपुरका कोरोना संक्रमित

  • 1.7K
    SHARES

  • अस्पतालको झ्याल फोरेर भागे जनकपुरका कोरोना संक्रमित

    काठमाडौं । जनकपुर अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित अस्पतालबाट भागेका छन् ।

    आइसोलेसन कक्षबाट भागेका संक्रमित सर्लाहीका ४० वर्षिय पुरुष हुन्। उनी आइतबार बिहानै आइसोलेसन कक्षबाट भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    संक्रमितको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । प्रहरीका अनुसार उनी पटक पटक भाग्ने प्रयास गरेको र आज बिहान अस्पतालको झ्याल फोरेर भागेका हुन् ।

    यसअघि पनि वीरगन्जस्थित नारायणी अस्पतालबाट २ कोरोना संक्रमित भागेका थिए। र पछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

    हाल उक्त अस्पतालमा धनुषा, सिरहा, सर्लाही र महोत्तरीका कोरोना संक्रमित गरी ४० बढी बिरामी उपचारत रहेका छन् ।

    आइतवार, जेठ ११ २०७७०८:४९:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार