कैलाली। कैलालीमा प्रहरीले लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट २ जनालाई २ किलो ९ सय ग्राम चरेशसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार पक्राउ पर्नेमा बझाङ बित्थडचिर गाउँपालिका–२ का २५ वर्षीय करन बोहरा र ३२ वर्षीय जयबहादुर बोहरा रहेका छन् ।
पक्राउ परेमा दुवै जनामाथि अनुसन्धान भइरहेको उनले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।