एजेन्सी
काठमाडौं । अमेरिकाको स्मार्ट फोन उत्पादक कम्पनी एप्पलले कार उत्पादन गर्ने भएको छ। एप्पलले सन् २०२४ सम्ममा कार बजारमा ल्याउने जनाएको छ । एप्पलले ल्याउने कार इलेक्ट्रिक हुने रोयटर्सले उल्लेख गरेको छ ।
एप्पलले सवारी उत्पादन परियोजनालाई ‘प्रोजेक्ट टाइटन’ नाम दिएको छ । अर्को अमेरिकी कम्पनी टेस्लाले उत्कृष्ट विद्युतीय कार उत्पादन गर्दै बिक्री गर्दै आएको छ।
एप्पलले बनाउने विद्युतीय कार स्वचालित हुनेछ । टेस्लाले २०२१ देखि नै कारहरुमा स्वचालित प्रणाली उपलब्ध गराउने बताइसकेको छ । हाल टेस्लाको कारमा स्वचालित प्रणाली लिन थप १० हजार डलर तिर्नुपर्नेछ । तर २०२१ देखि भने उक्त प्रणाली सबै कारमा थप शुल्क बाहेक नै पाइने टेस्लाका सिइओ इलोन मस्कले अघिल्लो साता ट्वीट गर्दै उल्लेख गरेका थिए ।
एप्पलले उत्पादन गर्ने स्मार्ट फोनप्रति उपभोक्ताको धेरै चासो हुने गरेको छ। एप्पलले कार उत्पादन गर्ने भनेसँगै धेरैले यसबारेमा जिज्ञासा राख्न थालेका छन् । एप्पलले उत्पादन गर्ने कारमा ‘नेक्स्ट जेनेरेसन’ ब्याट्री प्रयोग हुने दाबी कम्पनीले गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।