काठमाडौँ, चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा १८ पुस देखि शुरु हुने भएको छ ।
आरक्षण सम्बन्धी मुद्दा सर्वोच्च अदालतले बुधबार टुंग्याइ दिएपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले बिहीबार सूचना जारी गर्दै पुस १८, १९ र २० गते परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
सर्वोच्च अदालतमा पिजीको प्रवेश परीक्षालाई लिएर परेको मुद्दामा बुधबार टुंगो लागेपछि आयोगलाई प्रवेश परीक्षा सञ्चालन गर्न बाटो खुलेको थियो । यस अघि आयोगले असोज २६, २७ र २८ गतेका लागि तय भएको परीक्षा सर्वोच्चमा मुद्दा परेपछि परीक्षा रोकिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।