बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वडाध्यक्षले नै एम्बुलेन्स चलाएर अस्पताल पुर्‍याए बिरामी

वडाध्यक्षले नै एम्बुलेन्स चलाएर अस्पताल पुर्‍याए बिरामी

  • 1.7K
    SHARES

  • वडाध्यक्षले नै एम्बुलेन्स चलाएर अस्पताल पुर्‍याए बिरामी

    दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैं एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन्। वडाध्यक्ष खड्काले आफैंले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बिरामी लिएर दिपायलस्थित शैलेश्वरी अस्पताल पुर्‍याए।

    खुल्लेककी ६५ वर्षीया राजकुमारी खड्का गाउँमा उपचार नपाएर छटपटाएपछि उनको उपचारका लागि वडाध्यक्ष खड्का आफैले एम्बुलेन्स चलाएर ल्याएका हुन् । अस्पतालमा उपचार गर्न लैजाने गाडी नपाउँदा घरैमा बिरामले छटपटाउन थालेको खबर पाएपछि चालक नहुँदा आफैँले एम्बुलेन्स चलाएर बिरामी अस्पताल ल्याएको वडाध्यक्ष राजेन्द्र खड्काले बताए।

    उनले भने, “गाडी नपाएर बिरामी आमाको बिचल्ली भएको रहेछ, चालक नहुँदा म आफैँ एम्बुलेन्स लिएर लिएर अस्पताल पुर्याएँ, उपचार पाउनुभयो।”

    शैलेश्वरी अस्पतालका चालक घर बिदामा भएका कारण एम्बुलेन्स गाउँ लैजान सक्ने अवस्था नभएपछि वडाध्यक्ष खड्काले आफैं एम्बुलेन्स लगेर बिरामीको उद्धार गरेका हुन्। वडाध्यक्ष खड्का एम्बुलेन्स चलाउन सक्ने र लाइन्सेन्स प्राप्त भएकाले आँट गरेर बिरामी लिएर आएको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए।

    कोरोना सङ्क्रमणको जोखिम कम गर्न राज्यले आह्वान गरेको लकडाउनका मारमा रहेको अवस्था वडाका सर्वसाधारणलाई छिटो र सहज उपचारका लागि आफैले लैजाँदा केही नहुने सोचेर सेवाका भावले एम्बुलेन्स चालक बनेर सेवा गरेको वडाध्यक्ष खड्काले बताए।

    उनले भने “जनताका लागि सकेको सहयोग गर्ने प्रणका साथ मत मागेर चुनाव जितेको हो, जनताको मतको कदर गर्दै सकेको सहयोग गर्नु मेरो दायित्व ठानेर अध्यक्ष भए पनि एम्बुलेन्स चलाएर बिरामी लिएर आएको हुँ ।”

    शुक्रवार, जेठ ९ २०७७११:१७:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार