बुढानिलकण्ठ नगरपालिकामा आर डि टि परिक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
२०७७ जेष्ठ ८ गते ह्यान्डवल मैदानमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, राजनीतिककर्मी तथा सुरक्षाकर्मिको आर डि टि परिक्षण गर्दा ३ जनाको आर डि टि नतिजा पोजिटिभ देखिएको छ ।
कुल १३१ जनाको परिक्षण गर्दा ३ जनाको आर डि टि नतिजा पोजिटिभ देखिएको हो । बुढानिलकण्ठ नगरपालिकाले अग्रमोर्चामा रहेका व्यक्तिहरुको परिक्षण गर्ने क्रममा सो स्थानमा नतिजा पोजिटिभ देखिएका ब्यक्तिहरु बुढानिलकण्ठ ७ मा रहेको छहारी भवनको क्वारेन्टाइनमा पठाईएको बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिएका छन ।
यसैगरी बु. न. पा. ११ र १२ ले २०७७ जेष्ठ १० गते देखि सार्वजनिक निर्माण कार्यलाई सुचारु गर्ने, तरकारी, फलफुल, डेरी, खाद्यान्न लगायतका पसलहरु बिहान ६ बजे देखि १० बजे सम्म सामाजिक दुरी कायम गरी खुल्ला गर्ने, तर व्यक्तिगत सम्पर्क बढि हुने तथा अन्य प्रकारका पसलहरु संचालनमा रोक लगाएको जनाएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोकमा बस्दै आएकी सर्लाहीकी एक युवतीमा कोरोना संक्रमण देखिएसंगै तेन्जिंग चोक क्षेत्र शिल गरी अन्य क्षेत्रमा विशेष सतर्कता अपनाईदै आएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।