बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भ्रष्टाचार गर्नेलाई प्रधानमन्त्रीको संरक्षण, भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ : गगन थापा

भ्रष्टाचार गर्नेलाई प्रधानमन्त्रीको संरक्षण, भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ : गगन थापा

मेगा खबर संवाददाता

२९, मंसिर २०७७
  • 2.0K
    SHARES

  • भ्रष्टाचार गर्नेलाई प्रधानमन्त्रीको संरक्षण, भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ : गगन थापा

    काठमाडौं ,नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाएका छन् कैलालीमा सोमबार आयोजित कार्यक्रममा थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताए । ‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा तर खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ’ उनले बताए ।

    उनले अघि भने, ‘निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री अनि स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विषेश मन्त्री भएको सरकार छ ।’

    यो सबै प्रधानमन्त्रीको इच्छा बमोजिम चलेको छ भन्दा गलत नहुने उनको दाबी छ । ‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ कांग्रेस नेता थापाले भने, भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ ।’ नेकपा लोभीपापीहरुको मञ्च मात्र भएको उनको दाबी छ । कुनै समय हात मिलाउनसमेत नचाहने ओली र प्रचण्डबीच लोभ र डरमा रातारात एकता भएको उनले बताए ।

     

    सोमवार, मंसिर २९ २०७७०७:००:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार