काठमाडौं । नेपालमा दाङ, बाँके र कपिलबस्तुका गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।
दाङमा थप एक जना पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।
भेरि अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा बाँके नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, बाँकेकै खजुरा ३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् ।
हालसम्म उनीहरुको अवस्था सामान्य रहेको साथै उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा आजमात्रै २९ जना कोरोना संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।