काठमाडौं । नेपालमा स्वास्थ्योपचार पछि निको हुने कोरोना संक्रमितको कुल संख्या ४९ पुगेको छ ।
टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट स्वास्थ्य लाभ गरी बुधवार ४ जना डिस्चार्ज भएसँगै नेपालमा स्वास्थ्योपचार पछि निको भएकाहरुको जम्मा संख्या ४९ पुगेको हो ।
कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज (बिहीवार) डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंको टेकु अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएको जानकारी दिएका हुन् ।
आज निको हुनेमा ३२ र २५ वर्षीया महिला तथा ३७ र २७ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा अहिलेसम्म ४५३ जनलाई कोरोना संक्रमण भएको छ । आज मात्रै थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले सम्म कोरोना भाइरसको महामारीका कारण नेपालमा ३ जनाको मृत्यु भईसकेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।