बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गुल्मीका कोरोना संक्रमित रहेनन्, मृत्यु हुनेको संख्या ३ पुग्यो

गुल्मीका कोरोना संक्रमित रहेनन्, मृत्यु हुनेको संख्या ३ पुग्यो

  • 1.9K
    SHARES

  • गुल्मीका कोरोना संक्रमित रहेनन्, मृत्यु हुनेको संख्या ३ पुग्यो

    रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

    भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पुष्टि गरेका हुन्।

    ‘क्रिमसन अस्पतालमा उपचाररत व्यक्तिको आज ७ बजेर १० मिनेटमा मृत्यु भएको हो,’ डा. चौधरीले भने, ‘उहाँका अंगले काम गरेका थिएनन् र कोभिड-१९ पनि पोजिटिभ देखिएकाे थियाे। शव व्यवस्थापनको तयारी भइरहेको छ।’

    कतिपय सञ्चारमाध्यमले हिजै बुधबार उनकाे मृत्यु भएकाे समाचार सार्वजनिक गरेका थिए । तर त्याे खबर सत्य नभएकाे भन्दै क्रिमसन अस्पतालले खण्डन गरेकाे थियाे।

    यो कोरोनाबाट नेपालमा भएको तेस्रो मृत्यु हो। यसअघि सिन्धुपाल्चाेक बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका युवककाे काेरानाबाट मृत्यु भइसकेकाे छ।

    बिहिवार, जेठ ८ २०७७०८:२६:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार