बागलुङ । बडिगाड गाउँपालिका–२ सिमलचौर हुकुर्थुम डाँडामा एक व्यक्तिले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । हुकुर्थुम डाँडाका सुरज बहादुर कुमालले मदिरा सेवन गरी पत्नी र छोराछोरीलाई कुटपिट गरी घरमा आगो लगाएका हुन् ।
उनले छोराछोरी र पत्नीलाई कुटपिट गरी घरबाट निकालेर आगो लगाएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले बताउनुभयो ।
आगोलागीबाट कुमालको घर र गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा २ लाख ४५ हजार बराबरको क्षति भएको छ । आगो लगाएर घरभित्रै बसेका कुमाललाई स्थानीयले उद्धार गरेका थिए । कुमाललाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।